राजनीति

सुदूरपश्चिममा ९ हजार बढीले दिए आफ्नो उम्मेद्वावारी

बिज्ञापन

टीकापुर । सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ९ हजार बढीले आफ्नो उम्मेद्वावार दर्ता गरेका छन् । निर्वाचन आयोगले सोमबार राति ११ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशका ९ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ७९ निर्वाचन अधिकृतको कार्यालयमा ९ हजार २० जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

बिज्ञापन

नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा ९ हजार २० जनाले उम्मेदवारी दर्ता गरेको विवरण आयोगको प्रणालीमा उल्लेख भएको छ ।

प्रदेशमा नगरपालिका र उपमहानगरपालिकाको मेयरका लागि १८९, उपमेयरका लागि १४७, गाउँपालिकाको अध्यक्षका लागि २२४ र उपाध्यक्षका लागि १७३ जनाको उम्मेद्वावार परेको छ ।

यस्तै वडा अध्यक्षका लागि २ हजार १९८, महिला सदस्यका लागि १ हजार ५१७, दलित महिला सदस्यका लागि १ हजार ३८७ र सदस्यका लागि ३ हजार १८५ जनाको उम्मेदवारी गरेको छ । सोमबार साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरेका उम्मेदवारको मनोनयद दर्ता भने आज विहानसम्म पनि जारी रहेको थियो । सो अनुसार यो तथ्यांक अझै बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह प्रमुख, ८८ उपप्रमुख, ७३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य गरी कुल ३ हजार ८४६ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।

बिज्ञापन