राजनीति

लम्कीचुहाको मेयरमा खिचलो, गठबन्धनकै पाँच जनाले दिए उम्मेदवारी

बिज्ञापन

टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा आपसरी खिचलोका कारण गठबन्धनकै पाँच जनाले फरक–फरक उम्मेदवारी दर्ता गराएका छन ।
प्रमुख निर्वाचन अधिकृत हिरालाल चौधरीका अनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई/दुई जना र नेकपा एकिकृत समाजवादीबाट एक जनाले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन ।

बिज्ञापन

नेपाली काँग्रेसका तर्फबाट भक्तबहादुर थापा र सुशीला शाही रहेका छन भने नेकपा माओवादी केन्द्रबाट लोकराज ढकाल र धिरेन्द्र रावल रहेका छन् ।
गठबन्धन मध्येकै एक नेकपा एकिकृत समाजवादीका बखतबहादुर बिष्टले समेत मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन । उनी साविक बलिया गाविसका पूर्वअध्यक्ष समेत हुन ।

नेकपा एमालेले भने मेयर महादेव बजगाईलाई नै दोहोरयाएको छ । बजगाईले दोस्रो कार्यकालका लागि मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन । काँग्रेस र माओवादी केन्द्र भित्रको द्वन्द्वले मेयरमा दोहोरिने तयारीमा रहेका बजगाईलाई फाईदा पुग्ने संकेत देखिएको छ ।

यस्तै प्रकारले मेयरका लागि चार जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा उदयराम भाट, नेत्रप्रसाद भण्डारी, कृष्णबहादुर बटाला र दीपक रावल रहेका छन ।

लम्कीचुहा नगरपालिकाको मेयरका लागि १७ र उपमेयरका लागि ११ जनाको उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बिज्ञापन