राजनीति

जनभावना समेटिएको सरकारलाई अपबित्र बनाउने प्रयास भयो:पौडेल

बिज्ञापन

हेटौंडा: बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ५ दलको गठबन्धनद्वारा स्थानीय सरकारलाई अपबित्र बनाउने प्रयास भइरहेको नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरपदका उम्मेदवार अनन्त पौडेलले बताउनुभएको छ ।

बिज्ञापन

हेटौंडा-६ र११ गरि दुइटा चुनावी भेलालाई सम्बोधन गर्ने क्रममा पौडेलले उक्तकुरा बताएका हुन । सिमलटारमा भएको नेकपा एमालेको टोलभेलामा सहभागी हुने क्रममा स्थानीय नागरिकहरुसँग कुरा गर्नुहुँदै उहाँले स्थानीय तहमा गठबन्धनले हित नगर्ने पनि बताउनुभयो ।

केन्द्रिय र प्रदेश सरकारमा गठबन्धन गरेका दलहरुले देशको विकास निर्माण र अर्थतन्त्रलाई ध्वस्त बनाएर अब जनताले प्रत्यक्ष महसुस गर्न सक्ने, छम्न सक्ने, देख्न सक्ने स्थानीय सरकारलाई पनि गठबन्धन गरेर सक्काउन खोजेको उहाँले आरोप लगाउनुभएको छ । जनताले आफ्नो दुख पिडा सहजै सुनाउन सक्ने स्थानीय सरकारमा गठबन्धन गर्दै ५ दलका ५ जना जनप्रतिनिधि हुँदै आए भने जनताको दुख पीडा सुन्नुको सट्टा यिनीहरू आफै एकआपसमा जुधेर बस्ने समेत पौडेलले दाबी गर्नुभएको छ । एउटैसिद्धान्त भएको पार्टीका जनप्रतिनिधिबिच त कहिलेकाँही कुरा मिल्दैन । फरक फरक सिद्धान्तका ५ दलका ५ ओटा चुच्चो एकैठाउँमा जोडिने हो भने स्थानीय तह पनि ध्वस्त हुन्छ ।´ उहाँले भन्नुभयो। बास्तवमा गठबन्धन गरेर यिनिहरु विकास गर्न आएका हैनन् । यिनिहरुसँग भिजन छैन, आफ्नो बेग्लै घोषणा पत्र छैन, प्रतिबद्धता छैन । यिनिहरुको ध्याउन्न मात्र एमाले हराउने भन्ने छ । त्यसैले सबै जनता मिलेर यस्ता गठबन्धनलाई पराजित गर्न लाग्नुपर्छ ।´

हेटौंडा उपमहानगरपालिकामा तत्कालिन नगरपालिका हुँदा २०४९ सालमा एमालेले नेतृत्व गर्दा पुर्व-पश्चिम राजमार्ग छाडेर जम्मा ३ किमि मात्र पिच रोड रहेको जानकारी गराउनुहुँदै मेयरका उम्मेदवार पौडेलले त्यसपछी २०५४ र २०७४ सालमा एमालेले नेतृत्व गरेपछिको हेटौंडा नगर कस्तो भएको छ सबैले अनुभव गर्न सक्ने बताउनुभयो । तत्कालीन ११ वटा वडामा भौतिक संरचनाको बिकास थुप्रै भएको र त्यसपछी थपिएका वडाहरुको पनि बिकट क्षेत्रहरूमा पनि अहिले मोटर जाने बाटो खुलिसकेकोले अब फेरि पनि हेटौंडाको बिकास गर्न एमालेले नै नेतृत्व लिन पर्ने पनि उहाँको भनाई छ । हेटौंडा उपमहानगरपालिका प्रदेशको राजधानीसँगै पुर्व मेचिदेखि पश्चिम महाकालीसम्मका नागरिकहरुको ध्यान केन्द्रित गर्न सक्ने, सबैको नजरमा पर्ने नगर भएकाले यसलाई नेपालकै उत्कृष्ट नगर बनाउने आफुले संकल्प गरेको पनि उहाँले बताउनुभएको छ ।

अब हेटौंडामा गर्न बाँकी रहेको भौतिक बिकाससँगै सामाजिक, आर्थिक बिकासलाई प्राथमिकतामा राखेर उपमहानगरपालिकालाई समृद्ध बनाउने परिकल्पना गरिएको पौडेलको भनाई छ । उहाँले गरीब, अभिभावक बिहिन विद्यार्थीहरुलाई निशुल्क उच्च शिक्षा प्रदान गर्न सिफारिसको आधारमा नभई उसको बास्तबिक स्वस्थाको प्रत्यक्ष अवलोकन गर्दै वास्तविक पाउन पर्ने विद्यार्थीलाई उपमहानगरपालिकाबाट सम्बन्धित क्याम्पससँग समन्वय गरि अध्ययन निशुल्क गर्ने ब्यवस्था गर्ने साथै स्थानीय सामुदायिक विद्यालयहरुमा पनि गुणस्तरीय शैक्षिक अवस्था कायम गरि कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिकाले पनि राम्रो शिक्षा पाउने नगर बनाउने योजना रहेको बताउनुभयो ।.

बिज्ञापन