गायक खरेल चढेको गाडी दुर्घटना ‘एअर ब्याग र सिट बेल्टले ज्यान जोगायो’
लोक कल्याणकारी विज्ञापन

कोहलपुर । गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको तुलसीपुरमा जाँदै गर्दा गएराति एक बजेतिर गाडी दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।
दाङकै अस्पतालमा उपचारपछि बिहान काठमाण्डौ आएर स्वास्थ्य जाँच गराएको उहाँले बताउनुभयो । शरिरको बाहिरी भागमा चोट लागे पनि भित्री भागमा चोट नलागेको स्वास्थ्य जाँच रिपोर्टबाट थाहा भएको र केही दिन आराम गर्ने उहाँको भनाइ छ । यस्तै एअर ब्याग र सिट बेल्टको प्रयोग गरेका कारण आफ्नो ज्यान जोगिएको पनि उहाँले बताउनुभएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
