घटना

खोलामा पौडी खेल्ने क्रममा बालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकामा पौडी खेल्नेक्रममा डुवेर बालकको मृत्युु भएको छ । पाँचखपन नगरपालिका वडा नम्बर ३ बस्ने चन्द्रशेखर राईका १२ बर्षीय छोरा निश्चल राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

बुधवार दिउँसो साँढे १२ बजेको समयमा सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन