बिश्व

अफगानिस्तानको कोइला खानीमा बन्दुकधारीको आक्रमण

बिज्ञापन

एजेन्सी । अफगानिस्तानमा बन्दुकधारीको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ ।

बिज्ञापन

अफगानिस्तानको को सामाङ्गन प्रान्तस्थित कोइला खानीमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अज्ञात बन्दुकधारीहरूको आक्रमणमा परी मारिनेमा उक्त कोइला खानीमा कार्यरत ५ कामदार रहेको बताइएको छ ।

अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका स्थानीय अधिकारीहरूका अनुसार उक्त घटना अफगानिस्तानको बाल्ख प्रान्तको सिमानामा रहेको दारा–ए–सोफ जिल्लाको कोटल रेगी क्षेत्रमा भएको थियो । उक्त घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी नलिएको अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसले जनाएको छ ।

पछिल्लो समय विश्व समुदाय अफगानिस्तानमा आतङ्कवादको पुनरुत्थानको बारेमा चिन्तित रहेको बताइएको छ ।

बिज्ञापन