राष्ट्रिय समाचार

मेची–महाकाली रेलवेको ईआईए निर्माण अन्तिम चरणमा

बिज्ञापन

कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत रहेको मेची–महाकाली रेलवे आयोजनाको सुक्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारी (निर्माण) अन्तिम चरणमा पुगेको छ । रेलवे आयोजनाको सो खण्डको क्षेत्रमा पर्ने शुरूको बिन्दु कञ्चनपुरको गड्डाचौकीबाट अन्तिम बिन्दु कैलालीको खुख्खड क्षेत्रभित्र पर्ने स्थानमा सार्वजनिक सूचना टाँस गरी राय–सुझाव संकलनको कार्य अगाडि बढाइएको छ ।

बिज्ञापन

आयोजनाका वातावरणविद् दीपेश आचार्यका अनुसार आयोजना सञ्चालन हुने क्षेत्रको प्राकृतिक, भौतिक, सामाजिक, जैविक, सांस्कृतिक र आर्थिक प्रणालीबीच के–कस्तो प्रभाव पर्दछ भनि यकिन गर्न वातावरणीय प्रभाव मूल्यांकनको कार्य भइरहेको छ ।

आयोजना कार्यान्वयन गर्दा प्रभाव पर्न सक्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालय, डिभिजन वन कार्यालय, स्थानीय तह, वडा, विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सामुदायिक वन उपभोक्ता समूह, सरोकारवाला व्यक्ति तथा संस्थाको लिखित राय–सुझाव लिन सार्वजनिक सूचना टाँस गर्ने कार्य भइरहेको उनले बताए ।

‘वातावरण संरक्षण नियमावली २०७७ को अनुसूचि ९ को वातावरणीय अध्ययन प्रतिवेदनसम्बन्धी सार्वजनिक सूचनाको ढाँचाबमोजिम सात दिनभित्र राय–सुझाव माग गरेका छौं,’ उनले भने, ‘सुझाव आएपछि प्रतिवेदनलाई अन्तिम रूप दिई रेल विभागमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गर्छौं ।’

बिज्ञापन