अछाममा चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते
लोक कल्याणकारी विज्ञापन

अछाम । अछाममा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
लोक कल्याणकारी विज्ञापन

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलामा चट्याङ लागेर स्थानीय १२ वर्षीय सुरेन्द्र बि.कको मृत्यु भएको हो ।
लोक कल्याणकारी विज्ञापन

शुक्रवार साँझ हावाहुरीसंगै चट्याङ लागेर घाइते हुनेमा ७० वर्षीय बृकेसे रावल ,५० वर्षीय जैसरा कामी ,६० वर्षीय रने कामी र ५५ वर्षीय मना कामी रहेका छन् ।
बिज्ञापन

उक्त क्षेत्रमा प्रत्येक बर्ष चट्याङ परेर जनधनको क्षति हुँदै आएको छ ।
प्रत्येक बर्ष दुई तीन पक चट्याङ पर्न थालेपछि स्थानीयले सो क्षेत्रबारे विज्ञ टोली मार्फत अध्ययनको लागि माग गर्दै आएका छन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

