स्वतन्त्र उम्मेदवार गायक तिमिल्सैनाले पाए चुनाव चिन्ह आँप

अछाम । पञ्चदेवल विनायक नगरपालिकाको मेयर पदका लागी स्वतन्त्र उम्मेदवारी दिएका चर्चित गायक टंक तिमिल्सैनाले चुनाव चिन्ह आँप पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले तिमिल्सैनालाई चुनाव चिन्ह आँप प्रदान गरेको हो ।
चुनाव चिन्ह आँप पाएसँगै सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आँप चिन्हमा मतदान गर्न नगरवासीमा अपिल गरेका छन् ।
चुनाव चिन्ह पाएसँगै अव मतदाता भेटघाट तथा चुनावी गतिविधिलाई तीव्र पार्ने तिमिल्सैनाको तयारी छ ।

गायन क्षेत्रमा सक्रिय रहेका तिमिल्सिनाले तीन सयभन्दा बढी लोक र देउडा गीतमा स्वर भरिसकेका छन् ।
पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइका घर भएका तिमिल्सैना एक दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय छन् ।
स्वतन्त्र रुपमा उम्मेदवारी दिएका तिमिल्सैना मेयरमा जित्ने आशाका साथ भोटका यति बेला उनी दौडधुप गरिरहेका छन् ।
पञ्चदेवल विनायक नगरपालिकाको विकासका लागि आफ्नो छुट्टै योजना रहेको तिमिल्सिना बताउँछन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
