घटना

टीकापुर क्षेत्रमा सवारी चेक–जाँचमा कडाई,
लाइसेन्स नभएको मोटरसाइकल फिर्ता पठाइयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १७ बैशाख । अहिले टीकापुर नगरपालिका क्षेत्रभित्र सवारी चेक–जाँचमा निकै कडाई गरिएको छ । भर्खरै टीकापुर नगरपालिका वडा नं.–२, खक्रोला भन्सार प्रहरी चेकपोस्टबाट भारत, तिकुनियाँ खिरी बस्ने जय प्रसाद निसादलाई सवारी चालक अनुमति पत्र चेक–जाँच गर्दा नभेटिएकोले उनलाई भारत फिर्ता पठाइएको चेक–जाँचमा रहेका प्रहरीले बताएका छन् ।

चेक–जाँचमा रहेका प्रहरी हवल्दार राम सिंह धामी लगाएत तीन जनाको टोलिले भारतीय नम्बर प्लेट यूपी ३१ जे ८११९ को मोटरसाइकलमा आलू र प्याज बोकेको अवस्थामा लाइसेन्स नभेटेपछि डिउटीमा खटेका प्रहरी र मालिका समाचारका पत्रकार प्रेम भट्टराईको सयुक्त पहलमा फिर्ता पठाएको हो ।

बिज्ञापन

प्रहरीले सवारी चेक–जाँच र अबेरसम्म होटल खोलेर बस्नेहरु र अबेर रातिसम्म पनि आवत–जावत गर्नेहरुमाथि कडा निगरानी राखिएकोले अहिले टीकापुरको शान्ति–सुरक्षामा केहि कमि आएको कुरा स्थानीय जनताहरुले बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।