घटना

तीन बालिकामाथि बलात्कार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । रुपन्देहीमा ११ वर्षीया र ७ वर्षीया दुई जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–३ बस्ने रोल्पा लौङ्ग्री गाउँपालिका–४ घर भएका २० वर्षीय भुपेन्द्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका–३ तिनाउ खोला बगरमा गत चैत २१ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन

यस्तै, ललितपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका–५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।