राजनीति

अछामको मेल्लेखमा एमाले र समाजवादीवीच चुनावी तालमेल

बिज्ञापन

अछाम । नेकपा (एकीकृत समाजवादी) वीच अछामको एक पालिकामा चुनावी तालमेल भएको छ ।

बिज्ञापन

अछामको मेल्लेख गाउँपालिकामा चुनावी तालमेल भएको हो । दुई पार्टीवीच भएको सहमति अनुसार सो पालिकामा एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएको छ ।

एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महरा उपाध्यक्ष उठेका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार दुई पार्टीवीच समहमति भएको हो एमाले अछामका सचिव भीमवहादुर रावलले बताए ।

सहमति भएपछि समाजवादीका अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेका उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएकी थिइन ।

सातवटा वडा रहेको पालिकामा छ वडा एमाले र समाजवादीले एउटा वडाको अध्यक्षको उम्मेदवार उठाएका छन् ।

सो पालिका बासिन्दा समेत रहेका एमालेका नेता कृष्णप्रसाद जैसी र समाजवादीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईको पहलमा सो समझदारी भएको हो ।

बिज्ञापन