बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा वडा नम्बर ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथी खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
खुकुरी प्रहार गरेको आरोपमा अजित साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए । समुहमा रहेका अन्यको पनि खोजी भइरहेको जोशीले बताए ।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँदलाई गएराति १० बजे आफ्नै एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका साउँदको टाउको, हात, मुखमा चोट लागेको छ । खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा उपचार हुन ससकेपछि धनगढी रेफर गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।