राजनीति

यसपालिको चुनावप्रति मतदातामा उत्साह देखिएन

बिज्ञापन

काठमाडौ । यसपालिको चुनावप्रति मतदातामा खासै उत्साह देखिएको छैन । स्थानीय तहको चुनाव आउन अब दश दिन मात्रै बाँकी छ । राजनैतिक दल र दलका कार्यकर्ता चुनाव प्रचार प्रसार अभियानमा लागिरहँदा आम नागरिक भने चुनावप्रति खासै उत्साहित देखिएका छैनन् । स्थानीय तहले गरेको कामकै कारणले चुनावप्रति नागरिकको चासो कम देखिएको आंकलन गरिएको छ ।

बिज्ञापन

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनाव आउन अब मात्रै डेढ साता बाँकी छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने भने निर्वाचन आयोगले चुनावको तयारी लगभग सकिएको बताएको छ । राजनीतिक दल र उम्मेद्वारहरू चुनावी प्रचार प्रसार अभियानमा व्यस्त देखिन्छन् । उम्मेदवारहरु घरदैलोमा व्यवस्त छन् भने भोट माग्न खुट्टामा पैसा राखेर ढोग्न समेत उम्मेदवारहरु पछि परेका छैनन् । तर आम सर्वसाधारण भने चुनावको मिति नजिकिए पनि उत्साहित देखिएका छैनन् । काठमाडौंको सडक छेउमा नाङ्लामा पसल सञ्चालन गर्दै आएकी ओखलढुङ्गाकीएक महिलाको भनाईले पनि यस्तै पुष्टि हुन्छ ।

त्यसबाहेक प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश सुदुरपश्चिमको कैलालीका युवा समेत चुनावप्रति उत्साह नभएको बताउँछन् । यसअघिका स्थानीय जनप्रतिनिधिहरुले गरेको बाचाअनुसारको काम पुरा नगरेका कारण चुनावलाई लिएर उत्साह नभएको उनको भनाई छ ।

काठमाडौंमा भेटिएका अधिकांश मतदाता केही निराश देखिएको भएपनि कतिपय भने सत्साहित देखिएका छन् । काठमाडौंमा ट्याक्सी चलाउने इलामका एक युवा भने पाँच बर्षमा एकपटक आउने चुनावमा राम्रो उम्मेदवारलाई छनोट गर्नुपर्ने बताएका छन् ।

मुलुक संघीयतामा प्रवेश गरेपछि दोस्रोपटक हुन लागेको स्थानीय तहको चुनावमा यसपालि ७९ राजनीतिक दल सहभागी हुँदैछन् । त्यसबाहेक देशभरबाट १२ हजार बढि त स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । संघीयताको जगका रुपमा लिइने स्थानीय तहको चुनावमा मतदान गर्न निर्वाचन आयोगले प्रचारात्मक अभियान शुरु गरेको भएपनि राजनीतिक दल समेत सचेत हुनुपर्ने देखिएको छ ।

बिज्ञापन