राजनीति

विकास र सुशासनका लागि देशको नेतृत्व अब माओवादीले गर्नुपर्छ– प्रचण्ड

बिज्ञापन

काठमाडाैं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र सुशासनको लागि मुलुकले फेरि एकपटक माओवादीको नेतृत्व खोजेको बताएका छन् । परिवर्तनको बाहकलाई पन्छाएर परिवर्तन विरोधीबाट विकास र सुशासन सम्भव नभएको उनको भनाइ छ । 

बिज्ञापन

पार्टीनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल)को भेलालाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले राज्यलाई ठीक ढंगले नेतृत्व गरेमात्र जनताले चाहेको विकास र समृद्धिको चाहना पूरा हुने बताएका हुन् । 

‘राज्यलाई ठीक ढंगले नेतृत्व नगरी विकास र सुशासन स्थापित हुँदैन । परिवर्तनको बाहकलाई पन्छाएर परिवर्तन विरोधीबाट विकास र सुशासन सम्भव छैन’ प्रचण्डले भने, ‘मुलुकमा राजनीतिलाई स्थायीत्व गर्ने, सुशासन र विकासको इमान्दार प्रयत्न गर्नको लागि परिवर्तनको बाहकले नेतृत्व पाउनु पर्छ ।’ 

युवाको कार्यक्रममा प्रचण्डले उमेर नभए पनि आफ्नो मन युवाको जस्तै भएको बताए । ‘२०३८ सालमा तपाईंहरू जस्तै युवाको भेलाबाट म नेतृत्वमा आउन थालेको थिएँ, ४१ वर्षको यात्रा सम्झिँदा फेरि एकपटक तपाईंहरू जस्तै मन लाग्छ । तर, प्रकृतिले दिँदैन, मन भने युवाको जस्तै छ’, प्रचण्डले भने ।

बिज्ञापन