राजनीति

आजदेखि कांग्रेसको देशव्यापी चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्ने

बिज्ञापन

काठमाडौँ । नेपाली कांग्रेसले आजदेखि आगामी २७ वैशाखसम्म देशका विभिन्न स्थानमा चुनावी सभा गर्दैछ । सातै प्रदेशमा हुने चुनावी सभालाई सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

बिज्ञापन

सभाको संयोजन सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन् । आज मोरङको विराटनगरमा हुने सभामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । यसैगरी भोलि चितवनको भरतपुरमा हुने सभामा पनि सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लगायतले सम्बोधन गर्ने तयारी छ ।

यस्तै, पर्सि काठमाण्डौमा, २४ गते रुपन्देहीको बुटवलमा, तनहुँको दमौलीमा र धनुषाको जनकपुरमा सभा हुने छ । यस्तै, २५ गते पोखरामा, दाङको तुलसीपुरमा, २६ गते कैलालीको धनगढीमा र २७ गते डडेल्धुरामा चुनावी सभा हुने कांग्रेसले जनाएको छ ।

बिज्ञापन