राजनीति

एमाले फर्किन वामदेवको सर्त- उठेदेखि नसुतेसम्म काम गर्ने जिम्मेवारी पाउनुपर्छ

बिज्ञापन

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफुले चाहेको जस्तो व्यवस्थापन भए टिमसहित एमालेमा फर्किने बताएका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दै गौतमले एकता राष्ट्रिय अभियानलाई एमालेसँग एकीकृत गराइदिन आफु तयार रहेको भन्दै यसका लागि एमालेले आवश्यक व्यवस्थापन गरिदिनुपर्ने बताएका हुन् ।

बिज्ञापन

भेटमा आवश्यक व्यवस्थापनका लागि अघि बढ्न एमाले अध्यक्ष ओलीलाई भनेको गौतमले जानकारी दिए । नेता गौतमले पार्टीमा सबैभन्दा बढी जिम्मेवार प्राप्त नेताभन्दा कम जिम्मेवारी नदिनसमेत आग्रह गरेको बताए । उनले आफु बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरि जिम्मेवारी पाउनुपर्ने माग रहेको पनि बताए ।

गौतमले भने, ‘नेकपा एकता राष्ट्रिय अभियान भन्ने पार्टी मसँग छ । एमालेमा मसहित सबैलाई ल्याएर एकीकृत गराइदिन्छु । कसरी व्यवस्थापन गराउनुहुन्छ गर्नुस् कसैलाई सोध्नुहुन्छ भने सोध्नुस् । बिहान उठेदेखि राति नसुत्दासम्म काम गर्न पाउनुपर्छ त्यस्तोखालको जिम्मेवारी दिनुस् । त्यो व्यवस्थापन भयो भने म आएर काम गर्छु भनेको छु ।’

भेटका क्रममा एमाले अध्यक्ष ओलीले पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्षमा पुगिने बताएका थिए । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतम एमालेमा फर्कन इच्छुक देखिएका छन् ।

बिज्ञापन