राष्ट्रिय समाचार

प्रसारण र वितरण लाइन सुधार नभए बिजुली आपूर्तिमा ठूलो समस्या हुन्छ : कुलमान

बिज्ञापन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले राज्यका सबै निकायले प्रसारण र वितरण लाइन निर्माणलाई प्राथमिकता नदिए बिजुली आपूर्तिमा समस्या हुने बताएका छन् ।

बिज्ञापन

ट्रान्समिसन लाइन निर्माणमा अन्य निकायले सहयोग नगरेको बताउदै निर्देशक घिसिङले आगामी वर्षसम्म प्रसारण र वितरण लाइन सुधार नभए बिजुली आपूर्तिमा ठूलो समया हुने बताए ।

‘प्राधिकरणलाई कुनै निकायले सहयोग गरेनन् भनेर मैले आरोप लगाउन खोजेको होइन । हाम्रो कामगराइ सुस्त भयो भन्ने मेरो भनाइ हो’, घिसिङले आइतबार प्राधिकरण मुख्यालयमा पत्रकार सम्मेलनमा भने, ‘बिजुली निर्यात गर्न, आन्तरिक उपभोग बढाउन वा बिजुलीबाट आर्थिक लाभ लिन प्रसारण र वितरण लाइनमा सुधार हुनैपर्छ । यसमा सुधार गर्न सकिएन भने अर्बौं लगानी जोखिममा पर्ने सम्भावना छ ।’

जग्गा प्राप्ति, रुख कटानलगायत समस्याका कारण प्रसारणलाइन निर्माण हुन नसकेकाले बिजुली वितरणमा समस्या देखिएको उनको भनाई छ । ‘ट्रान्समिसन लाइनको ठूलो समस्या छ । समग्र राज्य लागेर प्रयास गरिएन भने ट्रान्समिसन लाइन बन्दैन । आगामी दिनमा ट्रान्समिसन लाइन बन्न सकेन भने हामीले उत्पादन गरेको ठूलो बिजुली खेर जाने जोखिम छ’, उनले भने ।

प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणको प्रणालीमा समस्यामा हुँदा केही दिनदेखि नियमित बिजुली दिन नसकेको बताए । तराईका जिल्लामा बिजुलीको माग ह्वात्तै बढ्दा प्राधिकरणको सिस्टमले धान्न नसकेकव् उनको भनाइ छ ।

तराईमा गर्मी बढेपछि प्रणालीमा चाप परेकाले गुणस्तरीय बिजुली दिन समस्या भएको उनले बताए । घिसिङले तराईमा बिजुलीको माग बढ्नु सकारात्मक भएकाले प्राधिकरणले गुणस्तरीय बिजुली दिने गरी पूर्वाधार विकास गरिरहेको बताए ।

प्राधिकरणले भारततर्फ बिजुली निर्यात गरेर आन्तरिक बजारमा कटौती नगरेको उनको भनाई छ । ‘सामाजिक सञ्जालमा केही व्यक्तिले भारतमा बिजुली बिक्री गरेर नेपालमा लोडसेडिङ ग¥यो भन्ने आरोप लगाउनुभएको छ’, उनले भने, ‘पिक टाइमबाहेकको बिजुली निर्यात गर्नैपर्छ । नेपालमा उत्पादन भएर खपत हुन नसक्ने बिजुली बिक्री गर्ने हो, नेपालमा कटौती गरेर बिजुली निर्यात गर्ने होइन ।’

बिज्ञापन