राष्ट्रिय समाचार

प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको रिट हेर्दाहर्दैमा

बिज्ञापन

काठमाडौं । एआईजी विश्वराज पोखरेलले आफू सिनियर हुँदा समेत जुनियरलाई आईजीपी बनाएको भन्दै दायर परेको रिटलाई हेर्दाहेर्दैमा राखिएको छ ।

बिज्ञापन

बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

उक्त रिटमाथि सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो। मुद्दालाई भोलि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

बुधबार सरकारकोतर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित चार जना अधिवक्ताले बहस गरेका छन् । महान्यायाधिवक्ता खातीसँगै वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू टिकाराम भट्टराई र भीमार्जुन आचार्यले सरकारको तर्फबाट बहस गरेका हुन् ।

उनीहरुले बिदामा बसेको व्यक्तिलाई अन्तरिम आदेश दिन नहुने जिकिर गरेका छन् ।

एसपी हुँदासम्म हाल आईजीपीमा बढुवा भएका धीरजप्रताप सिंह नै अगाडि रहेको र पछि उनलाई पन्छाएर विश्वराज पोखरेल अघि बढेको उनीहरुले तर्क गरेका छन् ।

महान्यायाधिवक्ता खातीले त चुनावको मुखमा अन्तरिम आदेश दिएर प्रहरीलाई नेतृत्वविहीन बनाउन नहुने जिकिर समेत गरेका छन् ।

पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको नेतृत्वमा हरिहर दाहाल, मेघराज पोखरेल, ललित बस्नेतलगायत कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरुमध्ये केहीले बुधबार सुरुवाती बहस गरेका छन् ।

बिज्ञापन