राष्ट्रिय समाचार

निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

बिज्ञापन

काठमाडौ । यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने भएको छ ।

बिज्ञापन

निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न गृह मन्त्रालयलाई भनेको छ ।

यस्तै, मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न भनिएको छ । आयोगको सिफारिस अनुसार मन्त्रालयले मतदानको दिनको ४८ घण्टाअघिदेखि मतदानको कार्य नसकिएसम्म सबै अन्तर्राष्ट्रिय नाका बन्द गरिनेछ ।

स्थानीय निर्वाचको मौन अवधि २७ गतेदेखि नै सुरु हुने आयोगले जनाएको छ ।

बिज्ञापन