घटना समाचार

बझाङमा झुन्डिएर आत्महत्या

बिज्ञापन

बझाङ । बझाङमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । बझाङको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी ३४ वर्षीया कमला ओखेडा (कुगै) ले जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित आफ्नै होटेलमा डोरीको पाशो लगाएर शनिबार दिउँसो आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार मृतक ओखेडाले आत्महत्या गरेको कारण नखुलेको र उनका आफन्तहरू आउनेबित्तिकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लाने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको समेत जनाएको छ ।

बिज्ञापन