घट्यो सुनचाँदीको मूल्य

काठमाडौ । नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेरको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
