राजनीति

’अरू कुरा गर्छन्, हामी काम गर्छौं’ भन्दै देउवाले गरे रूख चिह्नमा मतदान गर्न अपिल

बिज्ञापन

काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदातालाई ‘रुख’ चिह्नमा मतदान गर्न अपिल गरेका छन् ।
मंगलवार अपिल जारी गर्दै उनले आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका हुन् ।

बिज्ञापन

‘नेपाली कांग्रेस एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिबद्ध छ,’ अपिलमा भनिएको छ, ‘कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवद्र्धन, जलविद्युतको उत्पादन, पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लगायतका संकल्प नेपाली कांग्रेसले लिएको छ ।’

उनले कांग्रेस आमनेपालीको ढुकढुकी भएको बताएका छन् । ‘अरू कुरा गर्छन्, हामी काम गर्छौं, सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो,’ अपिलमा उल्लेख छ । ​

बिज्ञापन