टीकापुर

समर्पण दिवसको आयोजना गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २९ बैशाख । सन्त निरंकारी मण्डल नेपालले बाबा हरदेव सिंह जी महाराजको सम्झनामा नेपाल अधिराज्यभरि रहेका आफ्ना सत्संग भवनहरुमा २०७९ बैशाख ३१ शनिबार (१४ मई २०२२) का दिन समर्पण दिवस मनाउने भएको छ ।

युगद्रष्टा सत्गुरु बाबा हरदेव सिंह जी महाराजले विश्वमा शान्ति र विश्व भाइचारा स्थापित गर्न सत्गुरुको रुपमा आफ्नो जीवनको ३६ वर्षसम्म सन्त निरंकारी मिशनलाई समर्पण गर्नुभयो । उहाँले आफ्ना लाखौ अनुयायीहरुलाई एकत्व, प्रेम र शान्तिको पथप्रदर्शन गर्नुभयो । ६ वर्ष अघि उहाँले आफ्नो नश्वर शरीर त्याग गरेर यस निराकारमा लिन हुनुभयो ।

बिज्ञापन

बाबा हरदेव सिंह जी महाराजको स्मरणमा बाबा जीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै १३ मई २०२२ का दिन विश्वभरि विगतको जस्तै समर्पण दिवस मनाउने कार्यक्रम रहेको कुरा सन्त निरंकारी मण्डल नेपालले एक प्रेस विज्ञप्ति जारीगरि उल्लेख गरेको छ ।

नेपालमा पनि यहाँका हरेक सत्संग भवनहरुमा यहि मिति २०७९ बैशाख ३१ गते शनिबारका दिन बाबा हरदेव सिंह जी महाराजको जीवनी र मानव कल्याणका लागि बाबा जीले दिनुभएको शिक्षाको चर्चा र सम्झना गर्दै समर्पण दिवस मनाउन सम्पूर्ण सन्त–भक्तहरुलाई अनुरोध गरेको छ ।

टीकापुर सत्संग भवनमा पनि समर्पण दिवसको अवसरमा शनिबार ३१ बैशाखका दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सत्संग कार्यक्रमको आयोजना गरिनुको साथै सहभागी सम्पूर्ण सन्त–भक्तहरुलाई लंगर (खाना) को पनि ब्यवस्था गरिएको कुरा टीकापुर भवनका मुखी महादेव भण्डारीले मालिका समाचारलाई बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसमा सम्पूर्ण सत्संग प्रेमीहरु आउन सक्नु हुन्छ, यस्तो होइन कि केवल निरंकारी अनुयायी मात्र आउन पाउने, सबैले सहभागी भएर बाबा हरदेव सिंह जीले विश्व कल्याणको लागि गरिएको योगदानको बारेमा जान्न–बुझ्न सकिने छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।