स्थानीय चुनावको

रुकुम पूर्व पुथाउत्तरगंगा–१ मा माओवादी केन्द्रको प्यानल निर्वाचित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुकुम (पूर्व) । पुथाउत्तरगंगा गाउँपालिका–१ मा माओवादी केन्द्र तर्फको उम्मेदवार प्यानल निर्वाचित भएको छ।

पुथाउत्तरगंगा–१ मा माओवादी केन्द्रका बिरमान कामीको प्यानल निर्वाचित भएको हो। कामीले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छाँया पुनलाई पराजित गरेका हुन्।

बिज्ञापन

एमालेका उम्मेदवार पुनले ३ सय २६ मत ल्याउँदा माओवादी केन्द्रका कामीले ४ सय मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ।

यसैगरी महिला सदस्य मल्ति पुन ४ सय ८ मत, दलित महिला सदस्य लक्षिण परियार ४ सय ४ मत, खुला सदस्य धर्म पुन ३ सय ८४ र विक्रम पुनले ४ सय ६ मत ल्याएर विजयी भएका हुन्।

१ नम्बर वडामा जम्मा ६ सय ६६ मत खसेको थियो। यसमा पालिका अध्यक्षमा माओवादी केन्द्र तर्फका उम्मेदवारले ४ सय १०, एमाले तर्फका पालिका अध्यक्षले २ सय ६७, नेपाली कांग्रेस तर्फका पालिका अध्यक्षले ५५, जसपाले ७ मत प्राप्त गरेको छ।

त्यस्तै उपाध्यक्ष पदको लागि माओवादी केन्द्रले ४ सय ११, एमालेले २ सय ४९, कांग्रेसले ५८ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।