Local Election result

दार्चुलाका ५ वडाको मतपरिणामा सार्वजनिक

बिज्ञापन

दार्चुला । जिल्लाका ६१ वडामध्ये ५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये तीन वटा वडामा नेपाली कांग्रेसले जितेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एक–एक वडामा जितेका छन् ।
कांग्रेसबाट अपीहिमाल गाउपालिका–१ मा पोखरसिह लोथ्याल, दुहु गाउपालिका–१ मा जितबहादुर बम र नौगाड गाउपालिका–१ हरिलाल महता वडाध्यक्षमा बिजयी भएका छन् ।
त्यस्तै, मालिकार्जुन गाउपालिका–१ मा नेकपा एमालेका रमेशसिह बोहरा र अपीहिमाल गाउपालिका–६ मा माओवादी केन्द्रका धनसिह धामी बिजयी भएका छन् ।

बिज्ञापन
बिज्ञापन