Local Election result

काठमाडौंमा ६१ हजार २२६ मत गन्दा बालेनलाई झण्डै ११ हजारको अग्रता

बिज्ञापन

काठमाडौं । स्थानीय तह चुनाव अन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । बिहीबार दिउँसो २ः५५ सम्मको गणनाको परिणाम अनुसार बालेन साहले दोस्रो स्थानमा रहेका केशव स्थापितसँग झण्डै ११ हजार मतको अग्रता बनाएका छन् ।

बिज्ञापन

एमालेका स्थापित भन्दा बालेन १० हजार ८५१ मतले अगाडि छन् । साहले २३ हजार १९५ मत ल्याउँदा स्थापितले १२ हजार ३४४ मत ल्याएका छन् । यता तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ११ हजार ४४२ मत ल्याएकी छिन् ।

त्यस्तै हलोले २,३७१ मत ल्याएको छ । उपमेयरतर्फ भने एमाले उम्मेदवारको मतान्तर निकै बढी छ । सूर्यले २३ हजार १७ मत ल्याइसक्दा लौरोले २,४४८, कलमले ७,३७३, हलोले ५,१६८ मत ल्याएको छ ।

बिज्ञापन