Local Election result

५७२ पालिकाको मत परिणाम सार्वजनिक : २९ हजार ३०३ उम्मेदवार निर्वाचित

बिज्ञापन

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बिहीबार दिउँसो ३ः३० बजेसम्म ७५३ मध्ये ५७२ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

बिज्ञापन

निर्वाचन आयोगका अनुुसार मत परिणाम सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले २५२ स्थानीय तहमा प्रमुख जितेको छ । कांग्रेसले १६६ गाउँपालिका अध्यक्ष जितेको छ भने ८६ नगरपालिका प्रमुख जितेको छ ।

यस्तै, नेकपा एमालेले १६१ स्थानीय तह प्रमुख जितेको छ । एमालेले १०९ गाउँपालिका अध्यक्ष जित्दा ५२ नगरपालिका प्रमुख जितेको छ । माओवादी केन्द्रले ८९ गाउँपालिका अध्यक्ष र १६ नगरपालिका प्रमुखसहित १०५ स्थानीय तह जितेको छ । यस्तै, जनता समाजवादी पार्टी नेपाल १४ वटा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ एकीकृत समाजवादीले ६ वटा मेयरमा जित हासिल गरेको छ । अन्यतर्फ २० गाउँपालिका र १४ नगरपालिका प्रमुखमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

२९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित
अहिलेसम्म आएको मत गणनाको परिणामबाट कूल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबारको प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएका हुन् ।

हालसम्म प्रमुख १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, वडाध्यक्ष ५,६५९, महिला सदस्य ५,६५३, दलित महिला सदस्य ५,५५६ र वडा सदस्य १,२९५ जना निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनबाट ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । उनका अनुसार करिब ८० प्रतिशतको हाराहारीमा नतिजा आइसकेको छ ।

बिज्ञापन