Local Election result

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल गठबन्धनका उम्मेदवार वड भन्दा ६ हजार बढी मतले अगाडी

बिज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ । सुरु देखि नै हमालले अग्रता लिएका हमालले २६ हजार ४ सय १९ मतगणना हुँदा १२ हजार ३ सय ४ मत पाएका छन् ।

बिज्ञापन

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ८ सय ९२ मत पाएका छन् । यो मत संख्या हेर्दा हमाल वड भन्दा ६ हजार ४ सय १२ अगाडी छन् । वडले पाएको मतलाई दुईले गुणन गर्दा पनि ११ सात सय ८४ हुन आउँछ ।

यस्तै नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७ सय ५२ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३ सय ९, एमालेकी कन्द्रकला रानाले ४ हजार ७ सय र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १ सय ५९ मत पाएका छन् ।

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उप–महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो ।

बिज्ञापन