Local Election result

बैतडीको पुर्चौंडीमा कांग्रेस विजयी

बिज्ञापन

बैतडी । नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गत स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा जितेको माओवादी केन्द्रले पुर्चौंडीमा अहिले दुवै पद गुमाएको छ । मेयरमा नेपाली कांग्रेसका दीपकबहादुर बम ५८८० मतसहित विजयी भएका छन् । गत स्थानीय तहको निर्वाचनमा थोरै मतले माओवादी केन्द्रका रणबहादुर कुँवरसंग पराजित भएका बम यो पाली भने मेयरमा निर्वाचित भएका हुन् ।

बिज्ञापन

बम नेकपा एमालेका कर्णबहादुर कुँवर र नेकपा माओवादी केन्द्रका विक्रम कुँवरलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै मिना धानुक ५२०० मतसहित विजयी भएकी छन् । नेकपा एमालेकी जानकी साउँदलाई पछि पार्दै उनी उपमेयरमा विजयी भएकी हुन् । माओवादी युद्धकालदेखि नै माओवादीको प्रभाव रहेको पुर्चौंडीमा कांग्रेसले विजय हासिल गरेको हो ।

बिज्ञापन