Local Election result

बालेन शाहको पक्षमा आयो २१ हजार बढी भोट, केशव स्थापितले १० हजार कटाए

बिज्ञापन

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका उम्मेदवार बालेन शाहले २१ हजार मत कटाउँदा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार मत कटाएका छन् । भर्खरै प्राप्त मतगणनाअनुसार शाहले २१ हजार २२९ मत पाएका हुन् । यसैगरी स्थापितले १० हजार ८६२ मत पाएका छन् ।
यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ५५ मत पाएकी छन् । हालसम्म ५४ हजार ४४६ मत गणना सकिएको छ ।

बिज्ञापन
बिज्ञापन