Local Election result

कैलारीमा गठबन्धनका बागी उम्मेदवार विजयी

बिज्ञापन

टीकापुर । कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनको आधिकारिक उम्मेदवारलाई हराउँदै कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध नेपाली कांग्रेसबाटै बागी उम्मेदवारी दिएका राजसमझ चौधरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
उनले निवर्तमान गाउँपालिका अध्यक्ष रहेका नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीलाई ४ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका हुन् ।

बिज्ञापन

राजसमझले १० हजार ४९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४८४ मत ल्याएर निवर्तमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी हुन् । सत्गौवाले ६ हजार ४७७ मत प्राप्त गरिन् ।

कैलारी गाउँपालिकामा कांग्रेसले १ देखि ९ वडासम्म पूरै प्यानलसहित जितेको छ । गत चुनावमा गाउँपालिका अध्यक्ष समेत जितेको माओवादी यसपालि ‘क्लीन स्वीप’ भएको छ ।

बिज्ञापन