Local Election result

धनगढी उपमहानगरमा गोपाल हमालको अग्रता कायम

बिज्ञापन

धनगढी । धनगढी उपमहानगरपालिकामा मेयर भिड्न्तको मत तर्फ स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तर बनाएर अगाडी छन् । शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १४ हजार ७३६ गणना भएको छ । जस मध्ये हमालले ६ हजार ५९६ मत पाएका छन् ।

बिज्ञापन

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ३५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६७४ मत पाएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ९४०, एमालेकी कन्दकला रानाले २ हजार ८४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६४७ मत पाएका छन् ।

बिज्ञापन