Local Election result

यहि गतिमा मतगणन भए जेठ १५ गतेसम्म पनि सकिँदैनः निर्वाचन प्रमुख थपलिया

बिज्ञापन

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संवैधानिक कानुनअनुसार ०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते राति १२ बजेपछि सकिने भएकाले बिहीबारसम्ममा देशभरको मतगणना गरिसक्ने दबाब आइपरेको बताएका छन् ।

बिज्ञापन

उनले अहिलेकै सुस्तगतिमा मतगणना भए जेठ १५ गतेसम्म पनि गणना सम्पन्न नहुने बताए । उनले स्थानीय सरकार जनप्रतिनिधिविहीन नबनाउनका लागि जेठ ६ गते नयाँ जनप्रतिनिधिहरूलाई स्थानीय सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेको बताए ।

धरान उपमहानगरको मतगणनाको अवस्था बुझ्न आइतबार अपराह्न मतगणनास्थल आइपुगेका प्रमुख आयुक्त थपलियाले मुलुकैभर मतगणना अत्यन्त सुस्त गतिमा भएकाले चाँडो सक्न निर्देशन दिएको बताए ।

उनले आयोगले स्थानीय तहको निर्वाचन गराउन आफ्नो संवैधानिक जिम्मेवारी र भूमिका राम्ररी पूरा गरेको उल्लेख गर्दै मतगणना स्थलमा आवश्यक स्रोतसाधन उपलब्ध गराउने बताए । उनले मतगणना स्थल अगाडि आम मतदाताहरू नतिजा कुरेर बसेकाले लामो समय लगाइएमा धीरताको बाँध फुट्न सक्ने भएकाले पनि जेठ ५ गते मतगणना गरिसक्नु पर्नेमा जोड दिएको बताए ।

‘छिटो मतगणना सक्नका लागि सोमबारदेखि नै सबै गणनास्थलहरूमा गणक संख्या बढाएर थप ४ वटा गणनास्थल थप्न निर्देशन दिएको छु‚’ उनले भने । धरानमा पनि उनले निर्वाचन अधिकृत पुस्करराज नेपाललाई गणक संख्या दोब्बर बनाउन निर्देशन दिएका थिए ।

बिज्ञापन