Local Election result

धनगढी उपमहानगरमा स्वतन्त्र र गठबन्धनका उम्मेदवारबीच ५८२२ मतको अन्तर

बिज्ञापन

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउदै गएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबारसम्म २४ हजार ४१७ मतगणना भएको छ । साढे १२ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ३१२ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ४९० र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ५६७ मत पाएका छन् ।

बिज्ञापन

हमाल र वडबीच ५ हजार ८२२ मतको अन्तर छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ९२४ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ४ हजार ४१३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ८२४ सय मत पाएका छन् । अहिलेसम्म वडा नम्बर १, २, १८ र १९ को मतगणना सम्पन्न भएको छ। अहिले ३, ४, ५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए ।

बिज्ञापन