Local Election result

बालेन सिर्जनाभन्दा झण्डै दोब्बर मतले अगाडि

बिज्ञापन

काठमाडौं । २०७९ जेठ ८ गते दिउँसोसम्मको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ ले अहिलेसम्म ४१ हजार २७९ मत पाएका छन् । पछिल्लो विवरण अनुसार, १ लाख १६ हजार ८८५ मत गनिसकिएको छ ।

बिज्ञापन

पछिल्लो मतपरिणाम अनुसार शाहले ४१ हजार २७९ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धन दलबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३,८५५ मत प्राप्त गरेर केशव स्थापितलाई पछाडि छाड्न सफल भएकी छिन । स्थापितले चाहिं २३,०२४ मत ल्याएर अहिलेसम्म तेस्रो स्थानमा कुद्दै छन् ।

यो मतगणनासम्म केशव स्थापित र सिर्जनाको दोस्रो र तेस्रोको को हुने भन्ने प्रतिस्पर्धा अझै कडा नै देखिएको छ । पछिल्लो मत गणना अनुसार, केशव स्थापित र सिर्जनाको दोस्रो र तेस्रो ७ ÷८ सय मतले अघि पछि हुन थालेको अवस्था छ ।

उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । पछिल्लो मत अनुसार, सुनिता डंगोल ४० हजार ८०० मत ल्याएर उनका निकटतम प्रतिस्पर्धीलाई तेब्बर मतले उछिनेकी छिन ।

सुनिता डंगोलका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १३ हजार ७४८ मत पाएका छन् । रामेश्वर श्रेष्ठ गठबन्धन दलबाट उठेका एक मात्र उम्मेदवार हुन् । उनलाई गठबन्धन दल नेपाली कांग्रेसले नराम्रोसँग धोका दिएको प्राप्त मतले स्पष्ट हुन्छ ।

बिज्ञापन