Local Election result

बझाङको साइपाल–१ एमालेको प्यानल विजयी

बिज्ञापन

बझाङ । बझाङको साइपाल गाउँपालिका वडा नम्बर १ मा प्यानलसहित नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेबाट उम्मेदवारी दिएका नरेन्द्र धामीले प्रतिद्वन्द्वी साउने धामीलाई पराजित गर्दै प्यानलसहित विजय हात पारेका हुन् ।

बिज्ञापन

विजयी धामीले १५५ मत ल्याएका छन् भने गठबन्धनका साउने धामी १३० मत मात्रै ल्याउन सफल भए । गाउँपालिका अध्यक्षतर्फ नेकपा एमालेका मान बोहरा १६३ मतले अग्रता लिइरहेका छन् । गठबन्धनका उज्वल बोहराले ११८ मतसहित पछ्याइरहेका छन् ।

उपाध्यक्षतर्फ एमालको डोल्पा तामाङ १५६ मत र गठबन्धनका बाटु बोहरा १२८ मतसहित पछ्याइरहेका छन् ।

बिज्ञापन