Local Election result

रुकुम पूर्व पुथाउत्तरगंगा–१ मा माओवादी केन्द्रको प्यानल निर्वाचित

बिज्ञापन

रुकुम (पूर्व) । पुथाउत्तरगंगा गाउँपालिका–१ मा माओवादी केन्द्र तर्फको उम्मेदवार प्यानल निर्वाचित भएको छ।

बिज्ञापन

पुथाउत्तरगंगा–१ मा माओवादी केन्द्रका बिरमान कामीको प्यानल निर्वाचित भएको हो। कामीले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छाँया पुनलाई पराजित गरेका हुन्।

एमालेका उम्मेदवार पुनले ३ सय २६ मत ल्याउँदा माओवादी केन्द्रका कामीले ४ सय मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ।

यसैगरी महिला सदस्य मल्ति पुन ४ सय ८ मत, दलित महिला सदस्य लक्षिण परियार ४ सय ४ मत, खुला सदस्य धर्म पुन ३ सय ८४ र विक्रम पुनले ४ सय ६ मत ल्याएर विजयी भएका हुन्।

१ नम्बर वडामा जम्मा ६ सय ६६ मत खसेको थियो। यसमा पालिका अध्यक्षमा माओवादी केन्द्र तर्फका उम्मेदवारले ४ सय १०, एमाले तर्फका पालिका अध्यक्षले २ सय ६७, नेपाली कांग्रेस तर्फका पालिका अध्यक्षले ५५, जसपाले ७ मत प्राप्त गरेको छ।

त्यस्तै उपाध्यक्ष पदको लागि माओवादी केन्द्रले ४ सय ११, एमालेले २ सय ४९, कांग्रेसले ५८ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

बिज्ञापन