Local Election result

कांग्रेस २०० पालिकामा विजयी

बिज्ञापन

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार मतदान भएकामध्ये सत्तारुढ नेपाली कांग्रेसले २०० पालिक जितेको छ । मतगणना जारी छ । कांग्रेस अहिलेसम्म १२२ तहमा पनि कांग्रेसले अग्रता लिएको छ ।

बिज्ञापन

कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिका, नेपालगञ्ज, बुटवल, धरान र इटहरी उपमहानगरमा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले यो समाचार तयार पार्दासम्म १२४ तह जितेको छ भने ७४ तहमा अग्रता लिएको छ । माओवादी केन्द्रले ८६ स्थानीय तह जित्दा ३० मा अग्रता लिएको छ ।

नेकपा एकीकृत समाजवादीले ७ तह जितेर चौथो स्थानमा रहँदा १३ तहमा अग्रता लिएको छ । यस्तै जनता समाजवादी पार्टी (जसपा) ले ५ तहमा विजयी हुँदा २८ मा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्य उम्मेदवारले १४ तह जितेका छन् ।

बिज्ञापन