आइसिसी विश्वकप क्रिकेट लिग २ का लागि रोहित उपकप्तान नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर रोहित पौडेललाई राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा नियुक्त गरेको छ ।
क्यानले २०७९ जेठ ५ गते बिहीबार सामाजिक सञ्जालमार्फत रोहितलाई आइसिसी विश्वकप क्रिकेट लिग २ का लागि टिमको उपकप्तानमा नियुक्त गरेको जनाएको हो ।
लिग २ मा नेपालले अमेरिका र स्कटल्यान्डमा शृंखला खेल्ने तालिका छ । नेपालले अमेरिकामा घरेलु टोली र संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध त्रिदेशीय शृंखला खेल्नेछ ।

गत डिसेम्बरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीप लामिछानेलाई कप्तानी सुम्पिए पनि क्यानले उपकप्तानको टुङ्गो भने लगाउन सकेको थिएन् ।
यसअघि शृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।
नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान) आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किसोर महतो, सागर ढकाल ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
