नगरप्रमुखद्वारा आफूसंग भएका सामान फिर्ता

साफेबगर । अछामको साफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरद्वारा आफूसंग भएका र आफूले प्रयोग गरेका सामानहरु फिर्ता गरेका छन् । उनले एक पत्रकार सम्मेलनको आयोजना गरी आफूले कुनै व्यक्तिगत रुपमा कुनै सामान नकिनेको र यस पाँच वर्षको कार्यकालमा आफूसंग भएका पाँच सयको रेडियो–१ थान, ३०० मूल्यको चार्जर– १ थान, हिटर–१ थान, ल्यापटप–१ थान बुझाउँदै उहाँले आफ्नो कार्यकालमा कुनैपनि बेरुज पनि नभएको दाबी गरेका छन् ।

उहाँले अगाडि भन्नुभयो– ‘हामीले गरेका राम्रा कार्यहरुको अवश्य समिक्षा हुनुपर्ने बताउँदै कतिपय कामहरु सम्पन्न नभएकोले अधुरो रुपमा नै भएकोले ती कामहरु भविष्यमा पूरा हुन भन्ने आग्रह गर्नुभयो ।’

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.