टीकापुरराजनीतिस्थानीय चुनावको

टीकापुर-१मा एमालेका एक्ला मोहन बिक विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

निकिता विश्वकर्मा टीकापुर ६ जेठ हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट टीकापुर नगरपालिका भरि नेकपा एमालेको तर्फबाट नेकपा एमाले जिल्ला कमिटी सदस्य मोहन बिक एक्लै विजयी भएका छ्न।

टीकापुर नगरपालिकामा ९ वडा छन वडा नम्बर १लाई विभिन्न राजनीति दल हरुले देशको ठुलो वडाको रुपमा दावी गर्ने गरेको वडा बाट एमालेबाट अध्यक्षका उमेदवार रहेका मोहन बिक विजयी भएका छ्न।
बिक एमाले टीकापुर नगर कमिटीको अध्यक्ष समेत रहेर काम गरिसकेका हुन।
संगठन निर्माणको हिसाबले कुशल संगठक मानिने बिक पनि झिनो मतको मतान्तरले विजयी भएका छ्न।

बिज्ञापन
टीकापुर नगरपालिका बात निर्वाचित वडा अध्यक्ष हरु

त्यसैगरि वडा नम्बर २ बाट नेपाली काङ्ग्रेसका उमेदवार दिपक चाैधरी विजयी भएका हुन, त्यसैगरी क्रमश: वडा नम्बर ३ बाट नेपाली काङ्ग्रेसका ऋषि श्रीपाइली, वडा नम्बर ४ बाट नागरिक उन्मुक्ति पार्टीका लालविर चाैधरी वडा नम्बर ५ बाट नागरिक उन्मुक्ति पार्टीका बलवीर चाैधरी वडा नम्बर ६ बाट नेपाली काङ्ग्रेसका बलिराम चाैधरी,वडा ७ बाट नेकपा माओवादी केन्द्रका यज्ञ प्रसाद न्याैपाने वडा नम्बर ८ बाट नेकपा माओवादी केन्द्रका दिर्घ बहादुर ठकुल्ला वडा नम्बर ९ नेकपा माओवादी केन्द्रका लौटन चौधरी विजयी भएका छ्न । दीर्घ ठकुल्ला ,लौटन चौधरी ,र बलिराम चौधरी अध्यक्षमा दोहोरिएका हुन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।