Local Election result

गायक टंक लिमल्सेनाले मात्र पाए १५४ मत

बिज्ञापन

अछाम । अछामको पञ्चदेव बिनायकको नगर प्रमुखमा स्वतन्त्र उम्मेदबार बनेका गायक टंक लिमल्सेना पराजित भएका छन् । आँप चिह्नबाट चुनाव लडेका उनले १५४ मत मात्रै पाएका छन् ।

बिज्ञापन

उक्त नगरपालिकाको प्रमुखमा कांग्रेस सुदूरश्चिम प्रदेशका सहमहामन्त्री समेत रहेकी अम्बीका चलाउने नगरप्रमुखमा निर्वाचित भएकी छन् । उनी ३ हजार ६५३ मतसहित विजयी भएकी हन् । चलाउनेका निकटतम प्रतिद्वन्द्वी माओवादीका रामबहादुर बिकले ३ हजार १७२ मत प्राप्त गरेका छन् । ०७४ को निर्वाचनमा चलाउने उपप्रमुखमा विजयी भएकी थिइन् ।

बिज्ञापन