Local Election result

४२० पालिकाको अन्तिम परिणाम, काँग्रेसको अग्रता कायम

बिज्ञापन

काठमाडौ । गत शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । आज बिहानसम्म ४२० पालिकाको अन्तिम परिणाम आइसकेको छ ।

बिज्ञापन

त्यसमध्ये नेपाली काँग्रेसले १९६ स्थानमा विजय हासिल गरेको छ भने १२३ स्थानमा अग्रता कायमा राखेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १२२ स्थानमा जितेको छ । मतगणना भइरहेका पालिकामध्ये ७४ स्थानमा अग्रता लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ८३ स्थानमा विजयी भएको छ । उसले २८ स्थानमा अग्रता राखेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात पालिका जितेकोन छ । अहिले १३ पालिकामा अग्रता कायम राखेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपालले पाँच स्थानमा जितेको छ भने २२ स्थानमा अग्रता लिएको छ ।

बिज्ञापन