Local Election result

दलीय घेरा तोड्दै धनगढी उपमहानगरमा हमालको उदय, फराकिलो मतान्तरणले विजयी

बिज्ञापन

धनगढी । राजनीतिक दलीय किल्ला भत्काउँदै धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको उदय भएको छ ।
सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै धनगढी उपमहानगरपालिकाको मेयर हमालमा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका निवर्तमान मेयर नृपबहादुर वडलाई. १२ हजार ४८ .मतले हराउँदै उनी विजयी भएका छन् । हमालले २६ हजार ८६५ मत पाएका छन् भने वडले १४ हजार ८१७ मत पाए । नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द ९ हजार ११५ मतका साथ तेस्रो स्थानमा खुम्चिन पुगेका छन् ।

बिज्ञापन

उपमेयरमा नेकपा एमालेकी कन्दकला राना विजयी भएकी छिन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी शान्ति अधिकारी क्षेत्रीलाई २ हजार ८०९ मतले पराजित गर्दै उनी विजयी भएकी छन् । रानाले १५ हजार ४७९ मत प्राप्त गरेकी छन् भने अधिकारीले १२ हजार ६७० मत पाएकी छन् ।
९३ हजार १५१ मतदाता रहेका धनगढीमा जम्मा ६८.०४ प्रतिशत अर्थात् ६३ हजार ७१५ मत खसेको थियो ।

बिज्ञापन