अब ६८ वर्षमै वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब २४ अर्ब रुपैयाँ छुट्याइयो

काठमाण्डौ । सरकारले ज्येष्ठ नागरिक भत्ता (वृद्ध भत्ता) पाउने उमेर घटाएर ६८ वर्षमा झारेको छ । यसअघि ७० वर्षमा दिँदै आएको भत्ता अब ६८ वर्षमै दिने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो ।
यस्तै सरकारले सामाजिक सुरक्षा भत्ताका लागि मात्रै एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लक्षित वर्गका बालबालिका लगायतलाई दिने सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको हो ।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने बताएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
