अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना १ जनाको मृत्यु

अछाम । अछाम जिल्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएका छन् ।
मलामी बोकेको ट्याक्टर जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान टोट्केसालमा दुर्घटना हुदा एक जनाको मृत्युभएको हो ।

भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर १ कुईकाका अमरनाथ धमालाको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टरको हाइड्रोलिक लिक भएर ट्रली पल्टिदा ट्र्याक्टर दुर्घटनामा परेको प्रहरिले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
