जयगढमा मोटरसाइकलको ठक्करबाट १ बालक घाइते
लोक कल्याणकारी विज्ञापन

अछाम । जयगढमा मोटरसाइकलको ठक्करबाट १ बालक घाइते भएका छन् ।
अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ जयगढ बिच बजार पिपल चौतारा नजिकै से ६ प ९१७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा जयगढ बसर्पाकमा बस्दै आएका १२ वर्षीय बिरु साउँद घाइते भएका हुन् ।
बिज्ञापन

मोटरसाइकलको ठक्करबाट साउँदको बायाँ खुट्टा भाँचिएको छ । घाइतेलाई उपचारका लागी बयालपाटा अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसक्दा जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको बताईएको छ ।
मोटरसाइकल चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जयगढ प्रहरी चौकीका हवलदार लाल बहादुर साउँदले जानकारी दिनुभयो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
