राजनीति

सत्ता गठबन्धन बैठकमा झलनाथको प्रस्ताव– संघीय चुनाव कात्तिकमा गरौं

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । सत्तारूढ गठबन्धनमा आउने कात्तिकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्नेबारे छलफल सुरू भएको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कात्तिकमा संघीय चुनाव गर्न प्रस्ताव गरेका हुन् ।

मंसिरमा चिसो बढ्ने भएकोले त्यसअघि नै चुनाव गर्नुपर्ने उनको भनाइ थियो। सेतोपाटीसँग कुराकानी गर्दै खनालले गठबन्धनका अरू नेताहरूले पनि समर्थन गरेको बताए।

बिज्ञापन

‘मंसिरमा हिमाली भेगतिर चिसो बढिसकेको हुन्छ, हिउँ पर्न सक्ने भएकोले रिक्स हुन सक्छ,’ उनले सेतोपाटीसँग भने, ‘अगाडि नै चुनाव गर्ने हो भने कात्तिकभित्रै गर्नुपर्छ भन्ने कुरा मैले बैठकमा उठाएको हुँ।’
आफ्नो प्रस्तावमा सहमति हुने खनालले बताए।

‘कात्तिकको अन्तिमतिर चुनाव हुने सम्भावना बढी छ,’ खनालले भने।

२०७४ मा मंसिर १० र २१ गरी दुई चरणमा संघीय संसद र प्रदेश सभा चुनाव भएको थियो। निर्वाचन आयोगले अन्तिम मतपरिणाम भने फागुनमा मात्रै बुझाएको थियो।
गठबन्धन बैठकमा केही नेताहरूले भने प्रतिनिधि सभाको कार्यकाल पूरा हुन दिनुपर्ने बताएका थिए।

बैठकमा फागुनमा चुनाव गर्न राष्ट्रिय सहमति आवश्यक पर्ने भएकोले कात्तिक वा मंसिरभित्रै चुनाव गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए।

बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले चुनावबारे औपचारिक छलफल केही दिनपछि हुने बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।