राजनीति

माओवादीमा पहिचानको संकट आयो– प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीमा पहिचानको संकट आउन थालेको बताएका छन् ।

उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको बताए ।

बिज्ञापन

जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागेको पनि आफूले बुझेको बताए ।
उनले माओवादी उन्नत विचारको पक्षपोषण गर्ने दल भएको दाबी गर्दै समाजवादी क्रान्तिको तयारी गर्ने उन्नत र सुसंस्कृत मानिसको कुरा गर्ने दल पनि माओवादी भएको बताए।

उनले पहिले माओवादीले जनतासँगै रहेर खेतिपातीको काम गर्ने, जनता बिरामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्ने बताए।
‘हामी उन्नत विचारको पक्षपोषण गर्छौं । समाजवादी क्रान्तिको तयारीको गर्छौं। उन्नत र सुसंस्कृत मानिसको कुरा गर्छौं। तर, हिजो हामी जनयुद्धमा थियौं। क्रान्तिकारी जनआन्दोनलमा थियौं । त्याग र वलिदानको कीर्तिमान गथ्र्यौं । हामी क्रान्तिकारी रूपान्तरणका अभियन्ता थियौं। सामाजिक क्रान्तिका लागि जस्तोसुकै वलिदानी भन्थ्यौं र गथ्यौं र माओवादी जनताले सजिलै चिन्थे। माओवादी अर्कै हुन् र अरू पार्टी अर्कै हुन्। तर, त्यस्तो रहेन,’ उनले भने।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।